महानगरीय ट्राफिक प्रहरीबाट दशैं, तिहार र छठ पर्व लक्षित सुरक्षाँ योजना सार्वजनिक

title
शुक्रबार, अशोज १२, २०७५

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दशैं, तिहार र छठ पर्व लक्षित सुरक्षाँ योजना सार्वजनिक गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रवार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा महाशाखा प्रमुख बसन्त पन्तले यस बर्षको चाडपर्व लक्ष्ँित गरी सुरक्षा योजना सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा उहाँले महाशाखाबाट सञ्चालित अभियानका उपलब्धि, आगामी योजना तथा कार्यक्रम, सवारी दुर्घटनाको तथ्यांक, कारवाहि लगायतका बिषयमा जानकारी उपलब्ध गराउनु भएको थियो ।

उपत्यकाबाट करीब २५ लाख मानिस दशैंमा बाहिरीने भएकाले सडक जाम ब्यवस्थापनका लागि नागढुङ्गामा ४० टन क्षमताको क्रेन राख्ने ट्राफिक प्रहरीले जनाएको छ । अघिल्लो बर्ष नियमित रुट बाहेक ४ सय यातायात साधन थपिएको र यस बर्ष पनि त्यहि हाराहारीमा सवारी साधन थपिने जानकारी दिईएको छ । दशैंका लागि शुक्रवारसम्म २८ हजार टिकट बुकिङ भइसकेको र बाँकि टिकट पनि सौहाद्रपुर्ण वातावरणमा उपलब्ध गराउन ट्राफिक प्रहरीले सघाउने जानकारी दिईएको छ ।

महाशाखाले यात्रुलाई कुनै पनि असुविधा वा ठगी भएमा ट्राफिक प्रहरीको हटलाइन नं. १०३, प्रहरीको नं. १००, सिधा सम्पर्क ०१–४२१९६४१ वा ट्राफिकको फेसबुकमा समेत उजुरी गर्न सकिने बताएको छ ।