जोडिनुहोस
शुक्रबार, फाल्गुन ३०, २०८१
शुक्रबार, फाल्गुन ३०, २०८१
  • होमपेज
  • महायज्ञबाट दुई करोड ७६ लाख सङ्कलन

महायज्ञबाट दुई करोड ७६ लाख सङ्कलन

सर्लाहीको हरिवन नगरपालिकामा आयोजित महायज्ञमा दुई करोड ७६ लाख रुपैयाँ सङ्कलन भएको छ । हरिवन नगरपालिका–९ दनुवारीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले गत फागुन २२ गतेदेखि फागुन २९ गतेसम्म महायज्ञ आयोजना गरिएको हो । महायज्ञ मूल आयोजक समितिका संयोजक माधव थापाका अनुसार बिहीबार ४२ लाख रुपैयाँ सहयोग सङ्कलन भएको थियो । रकम अभावका कारण दनुवारीमा भवन अधुरै छ भवन निर्माण सम्पन्न गर्न ११ करोड रुपैयाँ आवश्यक पर्ने संयोजक थापा बताउँछन् ।

रकम जुटाउन आश्रमले यसअघि हरिवन–११ महायज्ञ आयोजना गरेको थियो । उक्त महायज्ञबाट दुई करोड ७६ लाख रुपैयाँ सङ्कलन भएको थियो । महायज्ञमा हरिवन नगरपालिकाले ५६ लाख रुपैयाँ सहयोग गरेको छ । जिल्लाका अन्य पालिका, वडा कार्यालय, सामाजिक सङ्घसंस्था तथा व्यक्तिगत रूपमासमेत सहयोग प्राप्त भएको संयोजक थापाले बताए ।

सर्लाहीमा आफ्नै भवन नहुँदा हरिवन–१ कैलाशपुरीमा ज्येष्ठ नागरिक भवनमा आश्रम सञ्चालन भइरहेको छ । उक्त आश्रममा हाल ६० जनालाई आश्रय दिइएको छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका