महिलाका मुद्दा फास्ट ट्रयाकबाट

title
मङ्लबार, अशोज १६, २०७५

काठमाडाैं । बलात्कार र महिला हिसांका मुद्दा फास्ट ट्रयाकमा सुनुवाई गरेर काठमाडौं जिल्ला अदालतले उदाहरण स्थापित गरेको छ ।

अब यो प्रक्रियालाई देशै भरी पुर्याउन र त्यसमा सहयोग गर्ने महान्याधिवक्ताकाे कार्यालयले सरकारी वकिलको कार्यलयलाई निर्देशन दिएको छ ।

काठमाडौं जिल्ला अदालतले बलात्कार तथा जघन्य अपराधका मुद्दा शुक्रबारदेखि फास्ट ट्रयाकका सुनुवाई शुरु गरेको हो । फास्ट ट्रयाक मुद्दामा १० मुद्दा निरन्तर सुनुवाइको चरणमा रहेको जिल्ला अदालतका प्रमुख न्यायधिश रमेश पोखरेलले जानकारी दिनुभयो ।

अब यी मुद्दामा प्रहरीको अनुसन्धान रिपोर्ट लिने, अभियुक्त र पीडितको बकपत्र लिने, साक्षी बकाउने, चिकित्सकबाट रिपोर्ट लिने र बहस गराउने काम लगातार हुने छन् । अविच्छिन्न सुनुवाइ हुने यो प्रक्रियामा प्रमाण जुटेमा एक साता भित्रै फैसला पनि आउने छ ।