महिला टी–२० क्रिकेटमा नेपालको पहिलो खेल नामिवियाविरूद्ध

title
शुक्रबार, कार्तिक ३०, २०७५

काठमाडौं । नेपाली महिला क्रिकेट टिमले निकै लामो समयपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ । थाइल्याण्ड क्रिकेट संघले आयोजना गर्न लागेको थाइल्याण्ड महिला टी–२० स्म्यासमा नेपालले सहभागिता जनाउने भएको हो ।

सन् २०१९ को जनावरी ८ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा १० टिमको सहभागित रहनेछ । जसमा नेपालसँगै भुटान, हङकङ, इन्डोनेसिया, मलेसिया, युएइ, म्यानमार, नामिविया र थाइल्याण्डको दुई टिम हुनेछ ।

आयोजक थाइल्याण्डले सिनियर र थाइल्याण्ड ए टिमलाई प्रतियोगितामा सहभागिता गराउनेछ । आयोजक थाइल्याण्डले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल नामिवियासँग जेनावरी १२ मा खेल्नेछ ।

समुह ए मा रहेको नेपालसँगै युएइ, नामिविया, मलेसिया र थाइल्याण्ड ए टिम रहेका छन । यस्तै समुह बी मा थाइल्याण्ड, हङकङ, इन्डोनेसिया, भुटान र म्यानमा रहेका छन् ।