महिला टी–२० बरियतामा नेपाल यथास्थितिमा

title
बुधबार, मंसिर १२, २०७५

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को नयाँ बरियतामा नेपाली महिला टीम यथावत स्थानमा रहेको छ । आइसीसीले सार्वजनिक गरेको टी–ट्वान्टी वरीयतामा नेपाल १८ औं स्थानमा यथावत छ ।
नयाँ वरीयतामा नेपालको १ सय १७ अंक छ । अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो पटक सहभागिता नजनाएको नेपालले अन्तिम पटक थाइल्याण्डमा टी ट्वान्टी एशिया छनोट खेलेको थियो । त्यसयता महिला खेलाडी के गरिरहेका छन कसैलाइ अत्तोपत्तो छैन । वरीयताको शीर्ष स्थानमा विश्वकप विजेता अष्ट्रेलिया रहेको छ । यस्तै दक्षिण अफ्रीका, पाकिस्तान, श्रीलंका, बंगलादेश र आयरल्याण्ड शीर्ष १० मा छन् ।