महिला फुटबल टोली आज भुटान जाँदै

title
मङ्लबार, साउन २२, २०७५

काठमाडौं । भुटानमा आयोजना हुने साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोली मंगलबार भुटान जाने भएको छ । भुटान जाने नेपाली महिला फुटबल टोलीलाई सोमबार एक कार्यक्रम गर्दे विदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गर्दै सोमबार बिदाई गरेको हो । आगामी विहीबारदेखि अगष्ट १८ गतेसम्म भुटानको राजधानी थिम्पुमा च्याम्पियनसिप हुँदैछ ।

नेपाल च्याम्पियनसिपमा समूह बी मा रहेको छ । यो समूहमा नेपालसहित पाकिस्तान र बंगलादेश रहेका छन् । नेपालले पहिलो खेलमा पाकिस्तानसँग अगष्ट ११ मा खेल्नेछ । त्यस्तै दोस्रो खेलमा बंगलादेशसँग अगष्ट १३ खेल्नेछ ।

नेपाली टिममा सावित्री किसान, पुजा थापा, करिना धिमाल, खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थामा मगर, सलोनी राना मगर, सरिता न्यौपाने, सबिना चौधरी, मनमाया परियार रहेका छन् । त्यस्तै, प्रिति राई, सुष्मा तामाङ, रिया बानु, मनिषा बिष्ट, सबिता राना मगर, पुनम घिमिरे, अस्मिता चौधरी, सरस्वती हमाल, रजनी थोकर, निकिता थोकर, चन्द्रा भण्डारी र अनुष्का शेर्पा छन् ।