महिला विश्वकपको उपाधि अस्ट्रेलियालाई

title
आइतवार, मंसिर ९, २०७५

एजेन्सी । इङल्यान्डलाई ८ विकेटले निराश पार्दै शनिबार राति अस्ट्रेलियाले आईसीसी महिला ट्वान्टी–२० विश्वकपको उपाधि जितेको छ । रिचार्डस् रंगशालामा अस्ट्रेलियाले १ सय ६ रनको लक्ष्य १५.१ ओभरमा दुई विकेट गुमाएर भेट्टाएको थियो ।
अस्ट्रेलियाको जीतमा कप्तान मग लनिनले अविजित २८ र एस्लिक गार्डनरले ३३ रन बनाउँदा जोडी एल्सा हेलले २२ तथा बेथ मोनेले १४ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङल्यान्डले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो । इङल्यान्डका लागि डेन्ले वेटले सर्वाधिक ४३ रन बनाएकी थिइन् । कप्तान हिथर नाइटले २५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर जोड्न सकेनन् ।

इङल्यान्डका खेलाडीलाई सस्तैमा सीमित गर्न एस्लिज गार्नरले ३ विकेट लिएकी थिइन् । मेगान स्युट र वेरह्यामले दुई¬–दुई विकेट लिएका थिए । प्रतियोगितामा अस्ट्रेलियाकी एल्सा हेल उत्कृष्ट खेलाडी घोषित भइन् ।