महिला साफ : नेपाल र श्रीलंकाको सेमिफाईनल भिडन्त, कस्ले खेल्छ फाईनल ?

title
सोमवार, चैत्र ४, २०७५

विराटनगर, पाँचौ महिला साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बुधबार श्रीलंकाको सामना गर्दैछ । नेपाल समूह ’ए’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । श्रीलंकाले समूह ’बी’ को उपविजेता बन्दै नेपालसंगको भेट पक्का गरेको हो । नेपाल श्रीलंकालाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ । यसअघि हिजो भएको खेलमा श्रीलंका साविकको विजेता भारतसंग पाँच शुन्य गोलको फराकिलो अन्तरले पराजीत भएको थियो । त्यसैले श्रीलंकाबिरुद्धसहज जीत निकाल्दै नेपाल फाईनल पुग्ने दाउँमा छ । त्यस्तै समुह विजेता भारतले पहिलो सेमिफाईनलमा समूह ’ए’ को उपविजेता बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ ।