महिला साफ : माल्दिभ्स र श्रीलंका भिड्दै, माल्दिभ्स ’गर या मर’ को स्थितिमा

title
शुक्रबार, चैत्र १, २०७५

विराटनगर, महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज (शुक्रबार) श्रीलंका र माल्दिभ्स प्रतिस्पधार्मा छन् । विराटनगरस्थित सहिद रंगशालामा जारी खेलमा श्रीलंका र माल्दिभ्स जित निकाल्दै सेमिफाईनल पुग्ने लक्ष्य सहित मैदान उत्रिएका छन् । समूह ’ए’ मा रहेका दुवै टोलीमध्ये श्रीलंकाको यो पहिलो खेल हो भने माल्दिभ्स दोस्रो खेल खेल्दैछ । माल्दिभ्सलाई सेमिफाइनलमा पुग्न आजको खेल महत्वपूर्ण छ । पहिलो खेलमा माल्दिभ्स भारतसंग ६ शुन्य गोलअन्तरले पराजित भएको थियो । त्यसैले सेमिफाइनलको सम्भावना जीवित बनाउन माल्दिभ्सलाई यो खेल जित्नै पर्ने दबाव छ । ’गर या मर’ को स्थितिमा रहेको माल्दिभ्स श्रीलंकासंग पराजित भए बाहिरिने छ । यसअघि समूह ’ए’ बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेको छन् ।