महिला साफ : श्रीलंका र भारत अन्तिम चारमा, माल्दिभ्स घर फर्कियो

title
शुक्रबार, चैत्र १, २०७५

विराटनगर, साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा श्रीलंका र भारत सेमिफाईनलमा प्रवेश गरेका छन् । विराटनगरस्थित सहिद रंगशालामा श्रीलंकाले माल्दिभ्सलाई पराजित गरेसंगै समुह बीमा सेमिफाईनल पुग्ने यी दुई टोलीको टुङ्गो लागेको हो । श्रीलंकालाई जित दिलाउन चलानीकुमारी इकानायाकेले दुवै गोल गरिन् । यता, समुह चरणका दुवै खेलमा पराजित हु“दै माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ । समुह विजेता टोलीको टुङ्गो भने आगामी आईतबार लाग्नेछ । अब समुह चरणको अन्तिम खेलमा आगामी आईतबार भारत र श्रीलंका भिड्नेछन् ।