महिला साफ : समुह विजेता बन्ने दौडमा भारत र श्रीलंका

title
आइतवार, चैत्र ३, २०७५

विराटनगर, महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज (आईतबार) समुह चरणको अन्तिम खेलमा भारत र श्रीलंका प्रतिस्पर्धामा छन् । विरानगरस्थित सहिद रंगशालामा जारी खेलमा दुवै टोली जित निकाल्दै समुह विजेता बन्ने दौडमा छन् । यसअघि समुहको पहिलो खेलमा पनि दुवै टोलीले माल्दिभ्सविरुद्व सहज नतिजा निकालेका थिए । भारतले माल्दिभ्सलाई ६ शुन्य गोलले हराएको थियो भने श्रीलंकाले माल्दिभ्सलाई दुई शुन्यले पराजित गरेको थियो । समुह बीको उपविजेता टोलीले सेमिफाईनलमा नेपालसंग प्रतिस्पर्धा गर्नेछ । विजेता टोलीले फाईनल प्रवेशका लागि बंगलादेशसंग खेल्नुपर्नेछ । समुह बीमा भारत र श्रीलंकाको समान ३ अंक छ । दुवै खेलमा पराजित माल्दिभ्स प्रतियोगिताबाट बाहिरिसकेको छ ।