महिला हिंसाका घटना बढ्दै गएकोमा युवाहरुबाट विरोध प्रदर्शन

title
शनिबार, अशोज २०, २०७५

काठमाडौ । बढ्दो बलात्कार, एसिड आक्रमण लगायतका महिला हिंसाका घटना बढ्दै गएको भन्दै युवाहरुले शनिवार विरोध प्रदर्शन गरेका छन् ।

बाटोमा सुरक्षित हिड्ने अधिकार देउ, बलात्कार, एसिड आक्रमण लगायतका विभिन्न महिला माथि हुने हिंसा बन्द गर, लगायतका नारा सहित युवाहरुले प्रदर्शन गरेका हुन् ।

विभिन्न पर्चा पम्प्लेट सहित नाराबाजी उत्रिएका उनीहरुले महिला हिंसा न्युनीकरणमा सरकार गम्भीर नबनेको आरोप लगाए । माइतीघर मण्डलाबाट ¥याली सुरु भएको कार्यक्रम बानेश्वर पुगेर चेतनामुलक सडक नाटक प्रर्दशनपश्चाद् सम्पन्न भएको थियो ।