महिला हिंसाबारे सचेतना बढाउन सुनसरीमा वाल पेन्टिङ

title
शनिबार, मंसिर १५, २०७५

ध्रुब ढकाल । सुनसरी । महिला हिंसा, बलत्कारजस्ता घटना बढेको भन्दै सचेतना जगाउन इटहरीको बुल्स इलेभेन क्लबका युवाहरुले सडकका खाली वालहरुमा पेन्टिङ गरेका छन् ।

इटहरी ६ स्थित त्रिवेणी मार्गको सडकका खाली वालहरुमा आकर्षक र कलात्मक पेन्टिगं गरिएको छ । रगिंविरगंी कलात्मक शैलीले सचेतनाका विभिन्न नाराहरु पनि लेखिएका छन् । आकर्षक चित्र, नारा मार्फत सबैको ध्यान तानेर सोच्न बाध्य बनाउने अभियान बुल्स इलेभेन क्लबका अध्यक्ष पूर्ण राईले इटहरी ल्याएका हुन ।

काठमाण्डौँ, पोखरा, धरान लगायका शहरहरुमा यस्ता पेन्टिङहरु लेखिएका थिए । जसको धेरै चर्चा र प्रशंसा हुने गरेको थियो । मानिसहरुको दैनिक चहलपहल हुने इटहरीका विभिन्न सडकका भित्ताहरुमा चित्र बनाईएको छ ।

देशमा बढ्दो महिला हिंसा, बलत्कार जस्ता घटना बढि रहेको अवस्थामा यस्ता रचनात्मक कार्यले सरकारलाई दवाव दिएको इटहरी युवा व्यवसायी दिवस पोख्रेल बताउँछन् । निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेको सरकारलाई यस्ता कार्य मार्फत दवाव दिनुपर्ने उनको भनाई छ ।

बुल्स क्लबले यस अघि पनि इटहरी शहरको सरसफाई गर्ने काम गर्दै आएको थियो । गाउँ समाजका छोरीचेलीहरुको बलत्कार हुने क्रम बढेको अवस्थामा सचेतना फैलाउन पेन्टिगं गरिएको क्लबका अध्यक्ष पूर्ण राईले बताए ।