महिला हिंसाविरुद्ध ७७ वटै जिल्लामा प्रदर्शन

title
आइतवार, अशोज ७, २०७५

काठमाडौं । नेपाल महिला सङ्घले देशभर बढ्दै गएको महिला हिंसाको विरोधमा आज ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएको छ ।

संघले निर्मला पन्तको दोषीलाई पत्ता लगाई कारवाही गर्नुपर्ने र देशमा दिनानुदिन बढ्दै गएको महिला हिंसाको विरोधमा आज देशभर विरोध गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष उमा रेग्मीले देशभर महिला हिंसा र बढ्दो महँगीको विरोधमा प्रदर्शन गर्न लागेको जानकारी दिदै काठमाडौँ, भक्तपुर र ललितपुरको संयुक्त विरोध ¥याली निकालेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनबुझाउन लागेको बताउनुभयो ।

कञ्चनपुर घट्नामा प्रहरी प्रशासनको भूमिका र क्षमतामाथि नै ठूलो प्रश्न उठेको अध्यक्ष रेग्मीले आरोप पनि लगाउनुभयो ।