महिला हिंसा न्युनीकरणका लागी जुटौं : महिला आयोग

title
बुधबार, अशोज ३, २०७५

राष्ट्रिय महिला आयोगले महिला हिंसा न्युनिकरणका लागी सरकोकारवालाहरुको भूमिका महत्वपूर्ण रहेको जनाएको छ ।
महिला हिंसाका बिषयमा आयोगले मंगलबार काठमाडौमा अन्तक्र्रिया कार्यक्रम गर्दे आयोगका सचिव अनिलकुमार ठाकुरले बिभिन्न सरोवारवालाहरुको समन्वयनमा नै महिला हिंसाका घटनाहरुलाई न्युनिकरण गर्न सकिने बताउनुभएको हो । उहाले आगामी दिनमा बजेट र साधन स्रोतलाई बढाई सरोकारवालाको सोच र सहकार्यलाई निरन्तरता दिने बताउनुभयो । महिला शसक्तीकरण र जागरुकतामा बिषयमा पनि आयोगले बिभिन्न सामाजिक संघ संस्थालाई साथमा लिने बताउनुभयो । उहाले आयोगको हेल्पलाईनमार्फत पछिल्लो नौ महिनामा परेका उजुरीमध्ये ८३ प्रतिशत घरेलु हिंसाको पाइएको र १७ प्रतिशत महिला हिंसा रहेको जानकारी दिनुभयो ।
उहाका अनुसार हेल्पलाईनमा ६ सय ४९ वटा आर्थिक हिंसा, पाँच सय ८५ वटा शारीरिक हिंसा र चार सय ५९ वटा मानसिक हिंसा रहेका छन् ।