माइतीघरमा प्रदर्शन गर्ने १२ जना अधिकारकर्मी पक्राउ

title
बिहिबार, असार २१, २०७५

काठमाडौँ । डाक्टर गोविन्द केसी र गंगामाया अधिकारीको जिवनरक्षा तथा माइतीघर क्षेत्रमा लगाइएको निषेधाज्ञा फिर्ताको माग गर्दै प्रदर्शनमा उत्रेका मानवअधिकारवादीसहित १२ भन्दा बढि पक्राउ गरेका छन् ।

निषेधाज्ञा तोकिएको माइतीघर क्षेत्रमा गंगामाया बचाउ अभियान र नागरिक समाजको आयोजनामा बिहीबार प्रर्दशन गरेपनि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा इन्द्रप्रसाद अर्याल, चरण प्रसाईँ, माहामुनिश्वर आचार्य, लोकराज अवस्थी, विश्व छवाल, जयराम दाहाल लगाएतका छन् ।

सरकारले केहीदिनअघि माइतीघरमण्डला, रत्नपार्कसहितका ठाउँमा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको विरोध तथा केसी र गंगामाया अधिकारीको जीवन रक्षाका लागि भन्दै प्रदर्शन भएको हो । सरकारले आन्दोलनका लागि स्थान तोकिदिएपछि त्यसको तीव्र विरोध भइरहेको छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसी ६ दिनदेखि जुम्लामा अनसनमा हुनुहुन्छ भने गंगामाया अधिकारी छोरोका हत्यारालाई कारवाहीको माग गर्दै वीर अस्पतालमै आमरण अनसनमा बस्नुभएको छ । सरकारले जारी गरेको निषेधाज्ञाको विरोध तथा डाक्टर केसी र गंगामायाको मागमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ऐक्यबद्धता जनाएको छ ।