माईक्रोबस दुर्घटना हुँदा १८ जना घाईते, दुई जना गम्भीर घाईते

title
शुक्रबार, असार २२, २०७५

रबिन कटेल/धनकुटा । धनकुटा नगरपालिका–७ रमाईलो घुम्तीमा आज बिहान माईक्रोबस दुर्घटना हुँदा १८ जना घाईते भएका छन् ।

हिलेबाट धरान तर्फ जाँदै गरेको को.१ ख.२८४७ नम्बरको माईक्रोबस बिहान करिव साँढे ८ बजे ब्रेक फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा परी दुई जना गम्भीर र १६ जना सामान्य घाईते भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । गम्भीर घाईते दुई जनालाई थप उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ ।

वाँकी १६ जनाको धनकुटा जिल्ला अस्पतालमा उपचार भईरहेको छ । ओरालो सडकमा ब्रेक फेल भएर माईक्रोबस दुर्घटना भएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिनुभयो ।