माईभ्याली गोल्डकप : हिमालयन शेर्पा सेमीफाइनलमा, थ्रीस्टारको बाहिरियो

title
बुधबार, फाल्गुन २९, २०७५

ईलाम, डिफेन्डिङ च्याम्पियन थ्रिस्टार क्लवलाई स्तब्ध वनाउदै हिमालयन शेर्पा क्लव इलाममा जारी माईभ्याली गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । इलाममा भएको खेलमा हिमालयन शेर्पाले थ्रीस्टारलाई तीन एक गोलले पराजीत गर्यो । खेलको १४औं मिनेटमा अनिल गुरुङले गोल गर्दै थ्रिस्टारलाई अग्रता दिलाएका थिए । तर यता खेलको १९औं मिनेटमा हिमालयनका विजय श्रेष्ठले बरावरी गोल फर्काए । त्यसपछि ६८औं मिनेटमा त्रिदेव गुरुङले गोल गर्दै शेपालाई अग्रता दिलाए । ७४ औं मिनेटमा सुनिल खड्काले शेर्पाका लागि तेस्रो गो गरे । त्यसपछि थ्रीस्टार खेलमा फर्कन नसक्दा बाहिरिन पुग्यो ।