
काठमाडौं, नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबार पनि बस्दैछ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्नेछ ।
बिहीबार बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका थिए । प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए ।