माग अनुसारको सुन सरकारले उपलब्ध नगराएको बिरोधमा दाङका सुन ब्यवसायी आन्दोलित

title
शुक्रबार, भदौ ८, २०७५

सुशील बस्नेत/दाङ । माग अनुसारको सुन सरकारले उपलब्ध गराउन नसकेको बिरोधमा दाङका सुन ब्यवसायी आन्दोलित बनेका छन ।

सुन ब्यापारमा सरकारले सिन्डिकेट लगाएको आरोप लगाउँदै दाङका सुन ब्यवसायीले विरोधस्वरुप आजदेखि आईतबारसम्मका लागि सुन पसल बन्द गरेका छन । सिण्डीकेटका कारण सुन अभाव देखिएको भन्दै तत्काल सुन ब्यापार खुल्ला गरिनुपर्ने ब्यवसायिहरुले माग गरेका छन् ।

सरकारको सुन खरिदमा एकाधिकार भएका कारण माग अनुसारको सुन ब्यबसायिहरुले खरिद गर्न नपाएको गुनासो गरेका छन । सीजनको समयमा जिल्लामा दैनिक २ केजी सम्म सुन आवश्क पर्ने तर माग अनुसारको प्राप्त हुन नसकेको र अफ सीजनमा भने करिव ३ केजी सुन एक महिनाका लागि पुग्ने सुन ब्यबसायिको भनाई छ । दाङमा साना ठुला गरि ३ सय बढी सुन चाँदी पसल सञ्चालनमा छन् । ती मध्ये तुलसीपुरमा मात्र ६४ वटा रहेका छन ।

ब्यवसायीका अनुसार चार्डपर्व नजिकिंदै गर्दा सुनका गहनाको अत्यधिक माग भैरहेको र माग अनुसारको सुन पाउन नसक्दा पसल बन्द गर्नुपरेको ब्यवसायीले बताएका छन ।