माग सम्वोधन नगरेको भन्दै राजपाद्वारा प्रधानमन्त्रीलाइ ज्ञापनपत्र

सोमवार, अशोज २२, २०७५

एम के माझी/सप्तरी । सरकार गठन भएको ७ महिना वितिसक्दा पनि सहमति अनुसार माग सम्वोधन नगरेको भन्दै राष्ट्यि जनता पार्टी सप्तरीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाएको छ ।

स्थानीय शिव मन्दिरको प्रांगणबाट राजपा जिल्ला संयोजक रामपृत यादवको अगुवाइमा निस्केको जुलुस वाजारक्षेत्र परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अघिकारी सुरेन्द्र पौडेल मार्फत सोमवार प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाएको हो ।

पुर्व सहमति अनुसार संविधान संशोधन, प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित रेशम चौधरीको शपथ ग्रहण, आन्दोलनका क्रममा पक्राउ परेकाहरु उपरको मुद्दा फिर्ता, निर्मला पन्त र सम्झना दासका हत्यारा उपर कारवाही, महंगी नियन्त्रण लगायतका माग राजपाले राखेको छ ।

माग पुरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सडकदेखि सदनसम्म आन्दोलन चर्काउने चेतावनी समेत राजपा सप्तरीले दिएको छ ।