माघे संक्रान्तिमा तरुलको मूल्य प्रतिकेजी १० रुपैयाँले सस्तियो

title
सोमवार, पुस ३०, २०७५

काठमाडौ । यस वर्षको माघे संक्रान्तिमा काठमाडौंमा तरुलको मूल्य सस्तिएको छ ।

माग भन्दा बढि तरुल बजारमा भित्रिएपछि यस वर्ष गत वर्षको भन्दा प्रतिकेजी १० रुपैयाँका दरले तरुलको मूल्य सस्तिएको हो । माघे संक्रान्तिकालाई तरुल, घिउ र चाकुको पर्वको रुपमा लिने गरिन्छ ।

यसै अवसर पारेर यो वर्ष तरुलको आयात धेरै भएपछि प्रतिकेजी १० रुपैयाँका दरले यसको मूल्यमा कमी हुन गएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिनु भयो । गत वर्ष विकास समितिले ६ सय टन तरुल माघे संक्रान्तिका लागि भित्र्याएकोमा यस वर्ष साँढे ९ सय टन भित्र्याएको छ । स्टक रहने डरले पनि धेरै भित्रिएकाले यस वर्ष तरुल सस्तोमा बिक्री गर्नु परेको पनि उपनिर्देशक श्रेष्ठले बताउनु भयो ।

बजारमा यो वर्ष सिमल तरुल सबैभन्दा बढि प्रतिकेजी मूल्य ३ सय रुपैयाँमा बिक्री भएको छ । त्यसैगरी तरुल प्रतिकेजी ५० रुपैयाँ, हात्ति पाईले तरुल बढिमा १ सय २० रुपैयाँमा बिक्री भईरहेको छ । गत वर्ष यो तरुल प्रतिकेजी ३ सय ५० रुपैयाँ भन्दा बढिमा बिक्री भएको पनि विकास समितिका उपनिर्देशक श्रेष्ठले बताउनु भयो । बजारमा घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल पनि भित्रिएका छन ।

यो वर्ष सबैभन्दा बढि तरुल सर्लाही जिल्लाबाट काठमाडौ भित्रिएको छ । कालिमाटी फलपूmल तथा तरकारी बजार विकास समितिले दिएको जानकारी अनुसार यस वर्ष माघे संक्रान्तिलाई लक्षित गरेर पिंडालू १ सय ३० टन, सक्करखण्ड १ सय ५० टन भित्रिएको छ ।