माथिल्लो तामाकोसीको लागत दोब्बर

title
बिहिबार, कार्तिक १५, २०७५

काठमाडौं – स्वदेशी लगानीमा निर्माणाधीन अहिलेसम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागत बढेर दोब्बर पुग्ने भएको छ ।

सुरुमा ३५ अर्ब २९ करोड रुपैयाँमा सम्पन्न हुने भनिएको यो आयोजनाको लागत बढेर करिब ६९ अर्ब पुग्ने देखिएको सछ ।

आयोजनाको निर्माण सम्पन्न हुने अवस्थासम्म ब्याजसमेत जोड्दा करिब ६९ अर्ब खर्च हुने अनुमान गरिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए ।

लागत मात्र नभइ आयोजना निर्माण अवधिसमेत लम्बिएको श्रेष्ठले बताए । २०६७ सालदेखि दोलखाको बिगु गाउँपालिका १ स्थित लामाबगरमा निर्माण सुरु भएको चार सय ५६ मेगावाटको यो आयोजनाबाट २०७२ असारभित्र बिजुली उत्पादन गरिसक्ने लक्ष्य राखिएको थियो ।