माधवले उचाले केपी पक्ष

title
बिहिबार, मंसिर ६, २०७५

काठमाडौं। नवगठित नेपाल कम्युनिष्ट पार्टी नेकपाका २१ केन्द्रिय सदस्यले आफ्नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीतिर गम्भीर प्रश्न तेस्र्याएका छन् ।

केपी पक्षले भने २१ जना केन्द्रीय सदस्यलाई माधकुमार नेपाल पक्षले नियोजितरुपमा उचालेको आरोप लगाएको छ ।

उक्त पक्षका एक वरिष्ठ नेताले आफ्नो नाम नराखी उल्लेख गर्ने सर्तमा भने — यो माधवकुमारकै उक्साहटमा भएको हो, पार्टीभित्र समीक्षा हुन्छ ।

भोलिको सचिवालय बैठकलाई प्रभावित पार्ने खेल हो ।

स्मरणीय छ, केही दिनअघि उक्त पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले संसद्बाटै सरकार र पार्टी नेतृत्वको कटाक्ष गर्नुभएको थियो ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।