मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको निधन

title
आइतवार, कार्तिक १८, २०७५

काठमाडाैं । मानवअधिकारवादी पद्मरत्न तुलाधरको निधन भएको छ । केही दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका तुलाधरको आइतबार दिउँसो निधन भएको हो । अन्नपूर्ण न्यूरो अस्पतालबाट तुलाधरलाई नर्भिकमा रेफर गरिएको थियो ।

तुलाधर मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको थियो । ७८ वर्षीय तुलाधरको पौने एक बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।