मानव अधिकार आयोगको सिफारिस बमोजिम पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने सरकारको निर्णय

title
शनिबार, साउन २६, २०७५

सरकारले नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई मर्ज गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार अवेर सम्पन्न मन्त्रीपरिषद् बैठकले नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई मर्ज गर्दै राष्ट्रिय आपुर्ति कम्पनी स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

बैठकले मानव अधिकार आयोगको सिफारिस बमोजिम विभिन्न घटनाका पीडितहरूलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

साथै प्रदेश मन्त्रालय वा अन्तर्गतको स्वीकृत संगठन संरचना तथा दरबन्दी सेवा समूह संचालन गर्ने, मन्त्रालय वा केन्द्रीय निकायका कर्मचारीहरूलाई कामकाज गर्न खटाउदा राजपत्रांकित द्वितीय श्रेणी वा सो सरह वा सो भन्दा मुनिका कर्मचारीहरूलाई एक मुष्ठ रूपमा प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा खटाउने निर्णय पनि बैठकले गरेको  छ ।

त्यस्तै बैठकले मकवानपुर र डोटीमा बाल सुधार गृह संचालन गर्ने निर्णय पनि गरेको छ ।