मालढुङ्गा दुर्घटनामा मृत्युु हुनेको सङ्ख्या ७ पुग्यो, ३४ जना घाइते

title
बिहिबार, माघ ३, २०७५

म्याग्दीको बेनीदेखि चितवनको नारायणगढतर्फ जादै गरेको ग १ ख ६१०८नम्बरको बस आज बिहान पर्वतको मालढुङ्गामा दुर्घटना हुदा ७ जनाको मृत्युु भएको छ ।

दुर्घटनामा अन्य ३४ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख दिपक रेग्मीले बताउनुभयो । मृतको सनाखत हुन सकेको छैन । बसमा ४१ जना सवार रहेको थिए ।

बस दुर्घटना भएसगै प्रहरी र स्थानीयबासी उद्धार गरि उपचारको लागि धौलागिरी अञ्चल अस्पताल बागलुङमा ल्याइएको थियो । घाइतेको सामान्य उपचारपछि थप उपचारको लागि पोखरा र काठमाण्डौ रिफर गरिएको छ ।

घाइते मध्य ३० जनालाई पोखराको मणिपाल अस्पताल र २ जनालाई हेलिकप्टर मार्फत काठमाण्डौको ग्रान्डी अस्पतालमा रिफर गरिएको धौलागिरी अस्तालका मेडिकल सुपरिटेन्डेन डाक्टर सागर राजभण्डारीले बताउनुभयो । अन्य घाइतेको धौलागिरी अञ्चल अस्पताल बागलुङ उपचार भईरहेको छ ।