‘मालिका’बाट रंग फेर्ने आशामा रेखा

title
बिहिबार, साउन ३, २०७५

काठमाडौं । नेपाली चलचित्रमा एकताका निकै नै चर्चामा रहेकी नायिका रेखा थापा पछिल्लो समय खासै चल्न सकेकी छैनन् ।उनी अभिनित चलचित्र दर्शकले देख्न पनि पाएका पनि छैनन् ।

त्यसो त चलचित्र क्षेत्रबाट टाढा रहेर राजनीतिमा होमिएपछि रेखाको चलचित्र यात्रामा बाधा पुगेको देखियो । निर्मातत्री, निर्देशक तथा अभिनेत्रीका रुपमा चलचित्रमा एकल प्रभुत्व जमानएकी रेखाले आफ्नो पछिल्लो चलचित्रबाट निकै नै ठूलो आशा राखेकी छिन् ।

उनी अभिनित चलचित्र ‘मालिका’ यस वर्षको लक्ष्मीपूजाको दिनबाल अल नेपाल रिलिज हुनेछ । चलचित्रको हालै एउटा गीत सार्वजनिक भएको छ । उक्त गीतबाट रेखा निकै आशावादी रहेको भए पनि दर्शकले पनि उक्त गीत खासै रुचाएको पाइएन ।

चलचित्रको गीत चलेपछि चलचित्र पनि चल्छ भन्ने एउटा सामान्य आधार बनिरहेका बेला मालिकाले रेखाको जीवनको कस्तो रंग छर्नेहो ? त्यो भने प्रतिक्षाको विषय बनेको छ ।