मासुको मूल्यः प्रतिकिलो खसिबोका ५ सय, च्याङ्ग्रा ७ सय

title
शुक्रबार, अशोज २६, २०७५

काठमाडौं । खाद्य संस्थानले यस वर्षको दशैंका लागि खसिबोकाको मूल्य तोकेको छ । संस्थानले तोकेको मूल्यअनुसार यसपटक खसीबोका प्रतिकिलो ५ सय र च्याङ्ग्रा प्रतिकिलो ७०० मा उपलब्ध गराउनुपर्नेछ ।

संस्थानले निर्धारण गरेको खसीको ५१० र च्याङ्ग्राको ७१० रुपैयाँ प्रतिकिलोको मूल्यमा १० रुपैयाँ उपभोक्तालाई छूट दिइएको छ । गतवर्षको तुलानमा यो बर्ष मूल्य सामान्य बढेको संस्थानले जनाएको छ ।

संस्थानले गत वर्ष खसीबोका प्रतिकिलो ४ सय ५५ रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो ६ सय ७५ रुपैयाँ मुल्य तोकेको थियो ।संस्थानले असोज २६ गते शुक्रबार बिहानबाट खसिबोका तथा च्याङ्ग्राकोे बिक्री सुरु गर्ने तयारी गरेको छ ।