‘मासु भात’मा सौगात र सृष्टिको जोडी

title
मङ्लबार, भदौ १२, २०७५

काठमाडौं । रियल प्रेम जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठले एकै चलचित्रमा सँग काम गर्ने भएका छन् । गएको दुई वर्षदेखि एकअर्काको प्रेममा रमाइरहेका यो जोडीलाई लिएर निर्देशक सञ्जीव न्यौपानेले चलचित्र ‘मासु भात’ निर्माण गर्न लागेका हुन् ।

उत्कृष्ट कथा र भूमिका भेटेको खण्डमा सँगै काम गर्न तयार रहेको बताउँदै आएका सौगात–सृष्टिले फिल्म ‘मासु भात’ मा एकसाथ काम गर्न लागेका हुन् । दुवैले फिल्म साइन गरिसकेका छन् । हाल फिल्मको लोकेसन खोज्ने काम भइरहेको छ । निर्देशक न्यापानेले लिड रोलमा सौगात र सृष्टिलाई अनुबन्ध गरिएको औपचारिक जानकारी दिएका हुन् ।

उनले फिल्मको विषयमा थप नखुलाएपनि पनि चाँडै औपचारिक कार्यक्रम गरेर चलचित्रको विषयमा जानकारी दिने जानकारी दिए । सौगातले यसअघि निर्देशक न्यौपानेको निर्देशनमा बनेको सिन्धुपाल्चोककी डोल्मा तामाङको वास्तविक कथामा निर्माण भएको फिल्म ‘स्टोरी अफ अ तामाङ गर्ल’ मा काम गरेका छन् ।

‘मासु भात’ मा निर्देशक स्वयमको कथा छ । हालै प्रदर्शनमा आएको फिल्म ‘लालपूर्जा’ मा पनि सौगात र सृष्टिले काम गरेका थिए । दुईको एकअर्कासँग कुनै दृश्य नभएपनि कथा भने उनीहरुकै वरिपरि घुमेको थियो । अब पहिलो पटक रियल लभ कपललाई दर्शकले एकसाथ स्क्रिन साझेदारी गरेको हेर्न पाउनेछन् ।