मासु-मदिरा प्रतिबन्ध, न्यूनतम भाडा र निःशुल्क भोजनको व्यवस्था

title
बिहिबार, मंसिर २०, २०७५

जनकपुर । रामजानकी विवाहपञ्‍चमी महोत्सव अर्थात विवाह पञ्चमीलाई लक्षित गर्दै जनकपुरधाम उपमहानगरपालिकाले महानगरभित्र पूर्ण रुपमा मासु र मदिरा बेच्‍न रोक लगाएको छ । यसका साथै  जनकपुर अञ्चल बस व्यवसाय संघले श्रद्धालु भक्तजनका लागि भाडादरमा सहुलियत गर्ने भएकाे छ भने निशुल्क भोजनकाे व्यवस्था समेत गरिएको छ ।

महानगरले मंसिर २३ देखि २७ गतेसम्म नगरभित्रमा पूर्ण रुपमा मांस मदिरा बन्द गने निर्णय गरेको हो। बुधाबार नागरिक समाज, संघ संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, एवं वडा अध्यक्षहरुको उपस्थितिमा बुधबार भएको ‘अन्तरक्रिया कार्यक्रम’ बाट सो निर्णयहरु गरिएको जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता कुमारी मिश्रले जानकारी दिइन्।

उनका अनुसार उपमहानगरपालिकाले मंसीर २५ र २६ गते स्थानीयस्तरबाट दीपावली मनाउने, जानकी मन्दिर जानेबाटोमा वडामा स्वागतद्वार तथा श्रद्धालु यात्रुहरुका लागि पण्डाल निर्माण गर्ने कार्यक्रम बनाउने जिम्मा दिएको छ।

यता, विवाह महोत्सव हेर्न आउने पर्यटकहरुलाई बिजुली बत्ती, खानेपानी तथा शौचालय सहज उपलब्ध गराउनुपर्ने, यातायातलाई उचित शुल्क लिएर गणतव्यस्थलसम्म पुर्‍याउन सहयोग गर्ने र होटल व्यवसायीहरुलाई सुपथ मुल्यमा पसल सञ्‍चानल गर्ने अनुमति दिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडणेलले बताए।

उनले भने,’ उपमहानगरभित्रको फोहरमैलालाई स्थानीयहरुले आफ्दो दायित्व बुझेर आफै सरसफाई गर्नुपर्छ।कुनै पनि वस्तु वा अन्य ठाउँमा शंका उपशंका लागेमा तुरुन्त प्रहरी प्रशासनलाई जानकारी गराउनुपर्छ। पर्यटक र पाहुनालाई गन्तव्‍यमा पुर्‍याउनु सहयोग गर्नुपर्छ।’

यस्तै उनले सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त गर्ने, पोशाक तथा सादा पोशाकका प्रहरी परिचालन गर्ने, विभिन्न क्लवका पदाधिकारीहरुले समन्वय गरी स्वयं सेवकको रुपमा कार्य गर्ने, चिसो बढेकोले ठाउँ ठाउँमा दाउरा तथा मेलामा आएका विपन्नहरुका लागि खानाको व्यवस्थापन गर्ने, निःशुल्क उपचार तथा औषधीको व्यवस्थापन गर्ने लगायतका व्यवस्था मिलाइए बताए।

 जनकपुर अञ्चल बस व्यवसाय संघका अध्यक्ष मनोज चौधरीले यातायातमा आफूहरुले सहज र न्यूनतम भाडा लिने बताए। प्याब्सनका अध्यक्ष विश्वलाल सिंहले बाटोमा पर्ने विद्यालयहरुमा निःशुल्क भोजनको व्यवस्था, पण्डाल निर्माण लगायतका कामहरु गर्ने बताए।