मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकार महासंघको नेतृत्वमा प्रदर्शन

title
शुक्रबार, जेष्ठ ३, २०७६

काठमाडौ । प्रेस स्वतन्त्रताविरोधी प्रावधानसहित ल्याइएको मिडिया काउन्सिल विधेयकको विरोधमा नेपाल पत्रकार महासंघको नेतृत्वमा आज(शुक्रबार) काठमाडौंको बानेश्वरमा प्रदर्शन भएको छ ।

महासंघले प्रेस स्वतन्त्रताविरोधी विधेयक फिर्ताका लागि दबाब दिन शुक्रबार बानेश्वरमा प्रर्दशन गरिएको हो । काठमाडौंको माइतिघरबाट सुरु भएको विरोध र्याली बानेश्वर पुगेर सभा र प्रदर्शनमा परिणत भएको थियो । यसअघि महासंघले प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, संसदीय समितिका सभापतिलगायतलाई भेटेर विधेयक फिर्ता लिन यसअघि नै आग्रह गरिसकेको छ ।

उनीहरुले विधेयकमा संसदभित्र पर्याप्त छलफल गराउने आश्वासन दिएका छन । विरोध सभामा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारलाई पिडित बनाएकै कारण सडकमा आउनुपरेको बताउनुभयो । उहाले कसैको विरोधमा नभइ लोकतन्त्रको पक्षमा आन्दोलन गरेको बताउनुभयो ।

महासंघलगायतका सरोकारवाला संस्था आन्दोलनमा उत्रिए पनि सरकारले विवादित मिडिया काउन्सिल विधेयक फिर्ता लिने वा नलिने बिषयमा कुनै धारणा सार्वजनिक गरेको छैन ।