मिस वर्ल्डकी प्रतिस्पर्धी नेपाली चेली श्रृंखला एसियाबाट सबैभन्दा बढी प्रभावशाली

title
आइतवार, मंसिर ९, २०७५

काठमाडौं । चीनको सान्या सहरमा जारी मिस वल्र्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ श्रृंखला खतिवडा समेफिाइनलको चरणमा पुगेकी छिन् । १ सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखलाको प्रर्फमेन्स शानदार रहँदै आएको छ ।

टप मोडेल विधा अन्तर्गत उनी सेमिफाइनलमा पुगेकी हुन् । उनले गत बिहीबार साँझ फेसबुकमार्फत् आफू सेमिफाइनलमा पुगेको बताएकी हुन् । ‘सेमीमा प्रवेश गर्दा म अत्यन्त खुशी छु । प्रतिस्पर्धाको कठिन अवस्थालाई शानदार तरिकाले अवस्थालाई सम्हाल्न सकेकोमा प्रतिस्पर्धीले मलाई बधाई दिएका थिए’, उनले लेखेकी छन् ‘नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिन चाहन्छु ।’

मिस वल्र्डमा भाग लिन शृंखला नौ दिनअघि चीन गएकी हुन् । २२ वर्षे शृंखला पेसाले इन्जिनियर हुन् । यसपटकको मिस वल्र्डको प्रतिस्पर्धामा शृंखला यसअघिदेखि नै अगाडि छन् । उनी एसियाबाट सबैभन्दा प्रभावशाली साबित भइसकेकी छन् । डिसेम्बर ८ मा चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को अन्तिम प्रतिस्पर्धा हुँदैछ । मिस वल्र्डको काउन्ट डाउन शुरु भइसकेको छ ।

त्यसो त प्रतिस्पर्धा अन्र्तगत विभिन्न् फरक ईभेन्टमा भाग लिँदै अघि बढेकी श्रृंखला भोटिङमा भने सबैभन्दा अगाडि छिन् । मिस वल्र्ड आयोजनकको वेव साइटका अनुसार हालसम्मको अत्याधिक भोट पाउने प्रतिस्पर्धीमा खतिवडा नै छिन् । उनले हालसम्म जम्मा भएको भोटिङमध्ये ३० प्रतिशत बढी भोट विश्वभरबाट पाइसकेकी छिन् । दोस्रोमा ९ प्रतिशत फ्रान्स, तेस्रोमा युगाण्डा ७ प्रतिशत, चौथोमा रसिया ५ प्रतिशत र पाँचौ स्थानमा टर्की, तान्जानिया, बंगलादेश ५ प्रतिशत भोटका साथ अघि बढिरहेका छन् ।

श्रृंखलाका विभिन्न प्रस्तुती र पछिल्ला क्रियाकलापले पनि यो पटक उनलाई मिस वल्र्डको मुख्य दाबेदारका रुपमा हेरिएको छ । मिस नेपालको फाइनलमा २४ प्रतिस्पर्धीलाई उछिन्दै उनी ताज पहिरिन सफल भएकी थिइन् । ‘सम्वृद नेपाल, सुखी नेपाली’ हुनका लागि ३ महत्वपूर्ण काम के गर्नु पर्ला ?’ भन्ने निर्णायकको प्रश्नमा उत्कृष्ट जवाफ दिँदै श्रृंखला विजेता बनेकी थिइन । मिस वल्र्डका लागि संघर्षरत श्रृंखला अरु प्रतिस्पर्धीलाई पछाडि धकेल्दै सबैभन्दा बलियो सम्भावना भएको कन्टेष्टेन्टका रुमपा दरिदै आएकी छिन् ।

२३ वर्षकी शृंखला मकवानपुर जिल्लाको हेटौडामा जन्मेकी हुन् । राजनीतिक पृष्टभूमि भएको परिवारमा जन्मेकी उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चरमा स्नातक गरेकी छिन् । चीनमा उनले अहिले आफ्नो देश नेपाललाई चिनाउने खालका विभिन्न प्रस्तुतिहरु समेत दिइरहेकी छिन् भने अन्तर्राष्ट्रिय रुपमा समर्थन समेत बटुलिरहेकी छिन् । उनलाई भोट गरेर जिताउन सकिन्छ ।

अहिलेसम्म कुनै पनि मिस नेपालले अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिताको उपाधि जितेका छैनन् । तर श्रृंखला खतिवडा एक यस्ती प्रतिष्पर्धीको रुपमा खडा भएकी छन् जसको उपाधि जित्ने प्रबल सम्भावना छ । श्रृंखलाले राष्ट्रिय झन्डा बोकेर आत्मविश्वासका साथ ‘आई विल मेक अल अफ यु प्राउड’ भन्दै आत्मविश्वास बटुलिरहेकी छिन् ।