मुअव्जा नदिई सडक विस्तार गरिएको भन्दै थिमिका स्थानीयको अबरोध

title
बिहिबार, भदौ ७, २०७५

काठमाडौ । सर्वोच्च अदालतको फैसला बिपरित उचित मुअव्जा नदिई सडक विस्तार गरिएको भन्दै भक्तपुर थिमिका स्थानीयले अबरोध गरेका छन् ।

भक्तपुरको मध्यपु्र थिमि नगरपालिकास्थित वडा नं २ मा अदालत्को आदेश विपरित् बाटो विस्तार भएको, जनताको सम्पत्ती माथि हस्तक्षेप गरिएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

सर्वोच्च अदालतको फैसला अनुसार, मुअव्जा नदिएको, स्थानीयलाई पटक–पटक झुक्याएको र सडक विस्तारका नाममा प्रशासनले दमन गरेको मध्यपुर थिमिका सर्बसाधारणको गुनासो छ । सरकारी रवैया रोकीनुपर्ने भन्दै थिमिका तिर्थ बैद्यले आमरण अनशन नै थालेका छन् ।

स्थानीयले विकासका नाममा जथाभावी पुरातात्विक ऐतिहासिक सम्पदा समेत भत्काएको दावी गरेका छन् । बैद्यले स्थानीय सडक प्रभावितका तर्फबाट मध्यपुर थिमि नगरपालिका परिसरमा अनसन सुरु गरेपछि स्थानीय प्रशासनले बाटो विस्तार रोकेको छ ।
स्थानीयसंग पटक पटक झडप समेत भएपछि प्रशासनले थप छलफल गरी बाटो विस्तार अघि बढाउने निर्णय गरेको हो ।