मुख्यमन्त्री राउतबाट अस्पतालका कर्मचारीको दरबन्दी र सेवा अवधीको विवरण माग

title
सोमवार, अशोज १५, २०७५

पुरन शाह/धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर अञ्चल अस्पतालमा अचानक पुगेर कर्मचारीको दरबन्दी र सेवा अवधीको विवरण माग गर्नुभएको छ ।

उहाँले दुई दिन भित्र सवै जानकारी सहित प्रदेश सरकार समक्ष उपस्थित हुन निर्देशन पनि दिनुभएको छ । विरामीको धेरै चाप हुने जनकपुर अञ्चल अस्पतालमा छडके जाँचका लागि प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साहसंगै पुग्नु भएका मुख्यमन्त्री राउतले अव अस्पतालको मेसुको नियुक्ती राजनीतिक पावरको आधारमा नभई सेवा अवधी, भनुभव र समर्पणको आधारमा हुने समेत बताउनु भयो ।

मुख्यमन्त्री राउतले अस्पताल प्रदेश सरकारको मातहतमा आइसकेकाले प्रदेश सरकारको इज्जत र प्रतिष्ठा तथा गौरवसंग जोडिएकाले सेवा प्रभावकारी बनाउन कुनै कसर वाँकी नराख्ने र लापरवाही गर्नेलाई कारवाही गरिने बताउनु भयो ।

त्यस्तै समाजिक विकास मन्त्री नवल किशोर साहले अस्पतालका मेसु रामपरिक्षण यादव जातिय दम्भ प्रदर्शन गरेको आरोप लगाउनु भयो । त्यस क्रममा मुख्यमन्त्री र मन्त्रीले कर्मचारीको हाँजिरी रजिष्ट्रर समेत चेकजाँच गरेका थिए । अनुपस्थित रहेका सवैको हाँजिरी काटिएको थियो ।