मुड्केचुला गाउँपालिकामा कर्मचारी अभाव हुदा सेवा प्रभावित

title
बुधबार, फाल्गुन २९, २०७५

बद्री पन्थ/डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिकामा कर्मचारी अभाव हुदा सेवा प्रवाह प्रभावित भएको छ ।

गाउँपालिकामा ३१ जना कर्मचारीको दरवन्दी भए पनि सो अनुसारको व्यवस्था नहँुदा समस्या भएको हो । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत १, लेखा अधिकृत १, लेखापाल १, नायब सुब्वा ६, इन्जिनियर १, लेखा परिक्षक १, कार्यलय सहयोगी १ जना गरी ३१ जना कर्मचारीको दरवन्दि कायम गरिएको छ । तर सो अनुरुपका कर्मचारी छैनन ।

यस्तै ९ वडामा ९ जना वडा सचिब हुनु पर्नेमा २ जनाको भरमा काम चलाईदै आएको छ । कर्मचारी अभाव हुदा स्थानीय तहबाट प्रवाह हुने विकास निर्माण, नागरिकता सिफारिस, जन्म दर्ता विवाह दर्ता, सामाजिक सुरक्षा लगायत सेवा प्रवाहमा समस्या भएको छ ।

वडा सचिव मुणी कृष्ण जैसीले १,२ र ३ र रत्नबहादुर जिसीले ४,५,६,७,८ र ९ वडाको कामको जिम्मेवारी पाएका छन । अहिले प्रमुख प्रशासकीय अधिकृत सहित दुई जना सहायक लेखा प्रशासनका कर्मचारी तथा २ जना वडा सचिवको भरमा कार्यालय चलेको छ ।