मुम्बई बन्यो आईपीएलको च्याम्पियन

title
आइतवार, बैशाख २९, २०७६

ऐजेन्सी । मुम्बई इन्डियन्स १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । आइतबार भएको फाइनलमा साविकको विजेता चेन्नई सुपर किङ्सलाई १ रनले हराउँर्दैै मुम्बई च्याम्पियन बनेको हो ।

हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य चेन्नईले २० ओभर ७ विकेटको क्षतिमा १ सय ४८ रन मात्र बनायो । चेन्नईका लागि सेन वाट्सनले सर्वाधिक ८० रनको पारी खेले पनि जित भने दिलाउन सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन जोडे । त्यस्तै क्विनटन डी ककले २९ तथा इशान किशनले २३ रनको योगदान गरेका थिए ।