मुलपानीमा घरको पर्खाल भत्किँदा एकै परिवारका ३ जनाको मृत्यु

title
शुक्रबार, असार २७, २०७६

काठमाडौं । मुलपानीमा घरको पर्खाल भत्किँदा एकै परिवारका तीनजनाको ज्यान गएको छ । मुलपानी बाबाचोकमा टहरामा बस्दै आएका एकै परिवारका तीनजनाको नजिकैको घरको पर्खाल भत्कदा ज्यान गएको हो ।

प्रहरीका अनुसार बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा खस्दा निलु यादव, सर्मिला यादव र कुन्दन यादवको ज्यान गएको हो । उनीहरु मजदुर रहेको प्रहरीले जनाएको छ ।