मुलुकका चार शहरमा नेपथ्यको सांगीतिक यात्रा

title
शुक्रबार, कार्तिक ३०, २०७५

काठमाडौं । नेपालको निकै चर्चित ब्याण्ड नेपथ्यले आफ्नो स्थापनाको २५ औं वर्ष अबसरमा देश तथा बिदेशमा कन्सर्ट गर्दै आएको छ ।

केही समय अघिमात्र काठमाडौं र सिक्किमका दर्शकहरु सामु प्रस्तुत भइसकेको ब्याण्डले पूर्वी भेगदेखि पश्चिमी किनारसम्म समेट्ने गरि तराइ मधेसका चारवटा शहरमा सांगीतिक यात्रा गर्ने भएको छ ।

मंसिरको पहिलो साता झापाको बिर्तामोडबाट सुरु हुने यो यात्रा धरान, बुटवल हुँदै कैलालीको धनगढीमा टुंगिने छ । मंसिर ४ गते झापाको बिर्तामोडबाट सुरु हुने यो यात्रा मंसिर ७ गते धरान, १० गते बुटवल हुँदै १३ गते धनगढी पुगेर सम्पन्न हुनेछ ।

कन्सर्टमा दर्शकहरुका लागि नेपथ्यले नयाँ पुराना सबै लोकप्रिय गीतहरु मध्येबाट प्रस्तुितका लागि चयन गरेको छ । त्यसबाहेक दसौं एल्बम सार्वजनिक गर्ने तयारीको संघारमै रहेको ब्याण्डले ताजा गीतहरु पनि सुनाउनेछ ।

नेपथ्यले विर्तामोडको डोमालाल राजवंशी रंगशाला, धरान रंगशाला, बुटवल रंगशाला (एन्फा टेक्निकल सेन्टर) र धनगढी रंगशालामा प्रस्तुति दिनेछ ।