मुलुकको विकासका लागी बाह्य लगानी आवश्यकः प्रधानमन्त्री ओली

title
मङ्लबार, चैत्र १९, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धि र विकासका लागी बाह्य लगानी आवश्यक रहेको बताउनुभएको छ । ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज काठमाडौमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले विदेशी लगानी र पुँजीका साथ प्रविधी भित्र्याएर मुलुकलाई छिटो बिकास गर्न सकिने बताउनुभयो । हालै सम्पन्न लगानी सम्मेलनमा प्रतिवद्धता भएअनुसारका लगानी भित्राउन सरकार गम्भीर भएर लाग्ने धारणा पनि राख्नुभयो ।

नेपालको आधुनिकीकरणको पहिलो सर्त कृषिको आधुनिकीकरण भएको बताउनुभयो । अब सहकारीमार्फत ठूलो क्षेत्रमा एउटै बाली लगाउने र प्रधानमन्त्री कृषि आधुनिकीकरणसँग जोड्न उहाँले आग्रह गर्नुभयो । सामूहिक खेतीको अवधारणालाई अघि बढाउन सके कृषि क्षेत्रको बिकास पनि छिटो हुने बताउनुभयो । कार्यक्रममा सहकारी आन्दोलनका अगुवा केशव बडाल लगायतका व्यक्तिह?लाई सम्मानसहित पुरस्कृत गरिएको थियो ।