मुलुकी संहिता संशोधन गर्नुपर्ने चिकित्सकहरुको आन्दोलनमा काँग्रेसको समर्थन

title
सोमवार, भदौ १८, २०७५

कृष्ण आचार्य/चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकी संहिता संशोधन गर्नुपर्ने बताउनु भएको छ ।

चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले सामवार गरेको पत्रकार भेटघाटमा सभापति देउवाले मुलुकी संहिताका धेरै विषयमा विरोध भईरहेको भन्दै यसलाई संशोधन गर्दै अघि बढ्नुपर्ने बताउनु भएको हो ।

सभापति देउवाले मुलुकी संहितालाई लिएर चिकित्सकहरुले गरिरहेको देशव्यापी आन्दोलनमा कांग्रेसको सर्मथन रहेको पनि बताउनु भयो । चिकित्सकहरुका जायज माग सम्वोधन हुनुपर्ने देउवाको भनाई छ । सभापति देउवाले मुलुकी संहिता सबैले छलफल गरेर ल्याएपनि अहिले विरोध सिर्जना भएकाले समय सापेक्ष रुपमा संशोधन गर्नुपर्ने प्रतिक्रिया दिनु भयो ।

सभापति देउवाले विम्स्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताउँदै सार्क र विम्स्टेक फरक फरक संगठन भएकाले एकलाई अर्कोसँग जोड्न नहुने बताउनु भयो ।

त्यस्तै उहाँले संयुक्त सैन्य अभ्यासका बारेमा सबैको सहमति नभएकाले छलफलपछि मात्रै टुंगो लाग्ने बताउनु भयो ।