मुलुक अब सबल र सुदृढ रुपमा अघि बढेको प्रधानमन्त्रीको दावी

title
आइतवार, चैत्र १७, २०७५

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब सबल र सुदृढ अवस्थामा रहेको बताउनुभएको छ ।

रिपोर्टस क्लबको २१ आंै बार्षिकोत्सवको अवसरमा आज(आईतवार) काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । विभिन्न नाममा द्धन्द्ध मच्चाउने र आन्तरिक लडाई गराई मुलुक टुक्राउन खोज्ने शक्तिलाई पराजित गराइसकिएकाले अब मुलुक सबल रुपमा अघि बढेको दावी गर्नुभयो ।

संविधान कार्यान्वयका लागि आवश्यक कानुन र संरचना निर्माण गरि कार्यान्यनको आधार तयार भईसकेकाले अब सम्पुर्ण शक्ति सम्मुन्नत विकास र सम्मृद्धिमा केन्द्रीत गरिने बताउनुभयो ।

राष्ट्र निर्माणको महाअभियानमा सबैको योगदान सकारात्मक हुनु जरुरी रहेको भन्दै उहाँले अनुचित विरोधले भ्रम र अन्यौल श्रृजना गर्ने तर्फ सजगता अपनाउन आग्रह गर्नुभयो ।