मेक्सिकोसँगको सीमा क्षेत्रमा थप तीन हजार अमेरिकी सेना परिचालन

title
मङ्लबार, माघ २२, २०७५

अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमा क्षेत्रमा थप तीन हजार सात सय अमेरिकी सेना परिचालन गरेको छ ।

सीमा क्षेत्रमा यसअघि खटिएका कर्मचारीलाई सघाउन भन्दै अमेरिकाले तीन महिनाका लागि ती सेनालाई पठाएको हो । अमेरिका–मेक्सिको सीमामा शुल्क उठाउन र सिमाना रक्षाका लागि कूटनीतिक अधिकारीहरूको तैनाथी पनि बढाइने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

मेक्सिकोमा सीमा सुरक्षाका लागि बजेट छुट्याउने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावप्रति सांसदहरुले बिमति जनाएपछि सम्झौताको प्रयास भइरहेका बेला सिमा क्षेत्रमा थप सेना पठाइएको हो ।

अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउने महत्वाकांक्षी योजनाका लागि राष्ट्रपति ट्रम्पका लागि माग गरिएको बजेट देशको संसदले स्वीकार नगरेपछि उनले बजेटमा समेत हस्ताक्षर नगर्दा अमेरिकाका संघीय कार्यालय ३० दिनभन्दा बढी आशिंक रूपमा बन्द भएका थिए । जसका कारण आठ लाखभन्दा बढी कर्मचारी तलबविहीन बन्न पुगेका थिए ।

देशको दक्षिणी सीमाबाट गैरकानुनी आप्रवासी प्रवेश बढिरहेको र अपराधमा वृद्धि हुनुका साथै देशकै सुरक्षामा खतरा उत्पन्न भएको भन्दै ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउनु पर्ने तर्क अघि सार्दै आइरहेका छन् । विपक्षी डेमोक्रेट पार्टी भने ट्रम्प विचारको विपक्षमा छ र उसले पर्खाल लगाउने कार्य अनावश्यक खर्च भएको बताउँदै आएको छ ।