मेडिकल कलेज सञ्चालन नहुँदा पुर्वाञ्चल विश्वविद्यालयका करोडौंका भवन उपयोग विहिन

title
बिहिबार, साउन १७, २०७५

मोरङ । पुर्वी नेपालको गौरवको रुपमा स्थापित पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेजका लागि करोडौ लागतमा निर्मित भबनहरु सञ्चालन नहुँदा जंगल भित्रको भुतवंला जस्तो भएको छ ।

कलेजका सयौं वेड प्रयोगविहीन छन् ।

८ सय ५ विघा क्षेत्रफल ओगटेर वनेको विश्वविद्यालय मेडिकल कलेज यतिबेला गौचरणमा परिणत भएको छ । सामान्य ओपिडी उपचार वाहेक केही हँुदैन । उपचार गराउन आएका स्थानीय यहाँ सामान्य औषधी पनि नपाएको वताउँछन् ।

। स्थाई सरकार भएको कारण अव भने सञ्चालनमा ल्याउनुपर्ने जनप्रतिनिधि बताउँछन् ।

पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजकी प्रमुख कविता अधिकारीले मेडिकल कलेजमा समस्या भईरहेको स्वीकार्दै समाधानका लागि पहल थालिने बताइन् ।

विश्वविद्यालयमा भित्र समस्या समाधानका लागि पहल थाल्ने भनिएपछि भवन मर्मत गर्ने खर्चसमेत विश्वविद्यालय मेडिकल कलेजसँग छैन ।

समस्याको चाङ देखिएपछि विरामीहरुले अस्पताल भित्र औषधी किन्न सम्म पाउदैनन् ।

करोडौको लागतमा स्थापना गरिएको विश्वविद्यालयमा कहिले काही स्थानीयहरु उपचारका लागि आक्काल झुक्काल आउने गरेका छन् ।