मेलम्चीको ठेकेदार फेरि बेपत्ता, न मान्छे आए न इमेल पठाए

title
सोमवार, पुस ३०, २०७५

काठमाडौं – मेलम्ची पानी काठमाडौं ल्याउने जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेना हप्ता दिनदेखि सम्पर्कबिहीन भएको पाइएको छ । यो समाचार आजको नेपाल समाचरपत्रबाट लिएको हो ।
सुरुङ, स्थायी बाँध र पानी प्रशोधन केन्द्र जस्ता मुख्य काम सम्पन्न गर्ने जिम्मा लिएको उक्त कम्पनीको यस्तो रबैयाका कारण झन्डै २५ वषदेखि प्रतीक्षामा रहेको मेलम्ची काठमाडौंमा आउने समय अझै लम्बिने भएको छ ।

मेलम्ची खानेपानी विकास बोर्डका उपकार्यकारी निर्देशक भोजराज थापाले पुस २२ गतेयता आयोजना र ठेकेदार पक्षसँग संवाद नभएको प्रस्ट्याएका हुन्।