मेलम्ची आयोजनाः धरौटी फिर्ता गर्दै सरकार

title
सोमवार, पुस २३, २०७५

काठमाडौं । खानेपानी मन्त्रालयले मेलम्ची आयोजनाको ठेकेदार कम्पनी (सीएमसी) को धरौटी रकम फिर्ता गर्ने भएको छ ।

मन्त्रालयले सीएमसीको बैंक खातामा राखिएका नौवटा धरौटीमध्ये आठवटा धरौटी फिर्ता गर्ने जनाएको छ । धरौटी जफत गरिएको भन्दै ठेकेदार उच्च अदालत पुगेपछि कम्पनीसँग वार्ताको वातावरण बनाउन धरौटी फिर्ता गरिएको हो ।

मन्त्रालय स्रोतका अनुसार सीएमसीका प्रमुख कार्यकारी अधिकृत पाउलो पोर्सेल्ली नेपाल आउनुअघि नै मन्त्रालयले वार्ताको वातावरण बनाउन उसका पूर्वआंशिक माग सम्बोधन गर्न तयार भएको हो ।

नेपालका लागि इटालियन राजदूतले समेत खानेपानी मन्त्री र सचिवलाई भेट्ने कार्यक्रम रहेकोले राजदूतको टोली आउनुअगावै सरकारले धरौटी जफत नगर्ने निर्णय गरेको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।