मेलम्ची आयोजनाको समस्या छिट्टै समाधान गर्ने मन्त्री मगरको दावी

title
बिहिबार, बैशाख ५, २०७६

काठमाडौ । खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकि काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने बताउनु भएको छ ।

मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको उचित व्यवस्थापन हुनेगरी अन्य कामलाई अघि बढाउन पनि मातहतका निकायलाई सचेत गराउनु भयो । आज
(बिहिवार) काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४औं वार्षिकोत्सव कार्यक्रममा उहाँले काठमाडौं उपत्यकामा रहेका ढुंगेधारा, तलाउ, पोखरीहरुको संरक्षणको काममा जुट्न पनि मातहतका निकायलाई निर्देशन दिनु भयो ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले गुणस्तरीय खानेपानीको व्यवस्थापन हुने गरी आवश्यक मापदण्डसहितको कानुन निर्माणको कामलाई अघि बढाइएको बताउनु भयो । उहाँले जनताको स्वच्छ खानेपानी पिउने अधिकारलाई सुरक्षित गराउन आवश्यक प्रविधि भित्र्याउनुपर्नेमा पनि जोड दिनु भयो ।

सचिव शर्माले सन् २०३० भित्र ९० प्रतिशत जनताले उच्च तथा मध्यमस्तरको खानेपानी पिउन पाउनुपर्ने दीगो विकास लक्ष्य हाँसिल गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो ।