मेस्सि बने ’प्लेयर अफ दि विक’

title
शुक्रबार, बैशाख ६, २०७६

एजेन्सी । स्टार फुटबलर तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले च्याम्पियन्स लिगको ’प्लेयर अफ दि विक’ अवार्ड हात पारेका छन् । मेस्सी च्याम्पियन्स लिगमा यस साता उत्कृष्ट खेलाडी बन्दै ’प्लेयर अफ दि विक’ चुनिएका छन् । बार्सिलोनाको च्याम्पियन्स लिगमा सेमिफाइनलसम्मको यात्रा तय गर्न कप्तान मेस्सीको महत्वपूर्ण भूमिका रहेको थियो ।

च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाईटेडविरुद्धको क्वाटरफाइनलको दोस्रो लेगमा मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्न सफल भएका थिए । इन्ग्लिश क्लब युनाईटेड विरुद्ध बार्सिलोनाले चार शुन्यको जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।