मोटरसइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

title
आइतवार, साउन २७, २०७५

उदयपुर । उदयपुरको वेलका नगरपालिका– ८ बहिरु खोलामा गएराती मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ ।
धरानबाट रामपुर तर्फ आउदै गरेको स७ प ३०९० मोटरसाइकल भैसीलाई ठक्कर दिई दुर्घटना हुदाँ चितवान पर्वतीपुर नगरपालिका–२३ बस्ने बर्ष ३१ को सागर सापकोटा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरठोक्सीलाले जनाएको छ । दुर्घटनामा घाइते भएका सापकोटालाई उपचारका लागि धरान तर्फ लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरी निरिक्षक नविनकुमार सिंहले बताए ।
मृतक सापकोटा कालिका कन्ट्रक्सन कम्पनीका कर्मचारी हुन । उनी नादा–कोसी पुल(चतरा)फत्तेपुर कंचनपुर –रुपनगर सडक निर्माणका लागि कम्पनीको साईड अफिसमा कार्यरत लेखापाल रहेको प्रहरीले जनाएको छ ।