मोटरसाइकल चोरीमा प्रहरीको संलग्नता, ३ जना पक्राउ

title
बुधबार, कार्तिक १४, २०७५

काठमाडौं । महानगरिय प्रहरी परिसर काठमाडौंको टोलीले चोरीको मोटरसाइकलसहित नेपाल प्रहरीका ३ जवानलाई पक्राउ गरेको छ । पक्राउ पर्ने प्रहरी जवानमा वासिङटन घर्ती , दीपेन्द्र शाही र इन्द्रजित कडरिया रहेका छन् ।

उनीहरुलाई महानगरिय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार पक्राउ गरेको हो । उनीहरुले बा ५७ प २५९९ नम्बरको मोटरसाइकल चोरी गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल चोरी गर्ने गिरोहको खोजी गर्ने क्रममा सिसिटिभीको दृष्यमा उनीहरुपनी देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

परिसर प्रहरीका अनुसार मोटरसाइकल कात्तिक ५ मा चोरेका थिए । घर्ती र शाही महानगरीय प्रहरी प्रभाग पाटनमा कार्यरत छन् भने कडरिया महानगरीय प्रहरी वृत स्रोह्रखुट्टेमा छन् ।